नरबहादुर कर्माचार्य वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको प्रतिक : प्रचण्ड

26

काठमाडौँ, ९ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको प्रतिक भएको बताउनुभएको छ ।

बुधबार नरबहादुर कर्माचार्य स्मृति सभा तथा प्रतिष्ठानकोले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कर्माचार्यले सरलता, पारदर्शिता र अन्तिम समयसम्म पनि क्रान्तिप्रतिको निष्ठा नछोडेको उल्लेख गर्दै आउँदो पुस्ताले पनि उहाँलाई पछ्याइरहनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नरबहादुर कर्माचार्य हामी सबैका अभिभावक हुनुहुन्थ्यो । वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको एउटा प्रतिक हुनुहुन्थ्यो । सरलता, पारदर्शिता र अन्तिम समयसम्म पनि क्रान्तिप्रतिको निष्ठा उहाँले कहिले पनि छोड्नुभएन । एउटा अभिभावकले दिने सुझाव र सल्लाहहरु दिइनै राख्नुहुन्थ्यो । मैले विगतमा पनि पटक पटक भनेको छु क्रान्तिकारी आन्दोलन खासगरी मेरो नेतृत्वमा जनयुद्धको तयारी हुँदै गर्दा कम्रेड नरबहादुर कर्माचार्य र उहाँको परिवारको सदस्यहरु पनि मलाई धेरै ठुलो प्रेरणा र सहयोग गर्नुभएको थियो ।’

कर्माचार्यले जीवनको उत्तरार्धमा पनि क्रान्तिकारी आन्दोलनप्रति सकारात्मक भाव राखेकै कारण माओवादी जनयुद्ध सफल भएको दाहालको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...