काठमाडौँ, ७ साउन । लुम्बिनी प्रदेश सभा सदस्य एवम् नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई प्रदेश मुख्यमन्त्रीमा नियुक्ति गरिएको छ ।
सोमबार प्रदेश प्रमुख अमिक शेरचन्दले ५६ सांसदको समर्थनसहित उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
आचार्यले नेकपा (एमाले)का २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेस गर्नुभएको हो । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।