सुमना श्रेष्ठको चेतावनी- हेप्ने काम नगर्नुहोला

34

काठमाडौँ, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको बारेमा मिडिया ट्रायल गरिएको भन्दै नहेप्न चेतावनी दिनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख रानामाथि छानबिन हुनुपर्ने बताएलगत्तै सांसद सुमनाले भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउन हेप्ने र मिडिया ट्रायल गर्ने काम गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उपसभामुखज्यूको नामबाट जुन मिडिया ट्रायल गरिएको छ । यसमा घोर आपत्ति जनाउन चाहन्छु । हिजोको दिनमा यही सभाबाट एउटा अमूख मान्छेलाई भिसा चाहियो भनेर भनेको होइन ? सडकमा प्रदर्शनमा उत्रिएका होइनन ? यदि आचरणको कुरा गर्ने हो भने गरौँ । सबैको आचरण हेरौँ, सबैको लेटरप्याडबाट केके लेखिएको छ, हेरौं । तपाईहरुलाई मन लाग्यो भन्ने मिडिया ट्रायल गर्यो नत्र चुप लागेर बस्ने ? बोल्ने नै हो भने डिक्लिएर गर्नु न भुटानी शरणार्थी प्रकरण कसले गरेको हो भनेर । त्यो आँट छ ? हेप्ने काम चाहिँ नगर्नुहोला ।’

Share This:
सम्बन्धित खबर
Loading...