काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख इन्दिरा राना मगरले राजीनानमा दिएर छानबिनमा सघाउन माग गर्नुभएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले उपसभामुखले कार्यालय र संसद्लाई भिसा सहजीकरणको कन्सल्टेन्सी बनाएको भन्दै राजीनामाको माग गर्नुभएको हो ।
उहाँले भन्नुभयो,‘भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय र संसद हुन सक्दैन । कन्सल्टेन्सी जस्तो नबनाइयोस् । चिन्दै नचिनेको मान्छेको सिफारिस कसरी गरियो ? छानबिन हुनुपर्छ ।’
केही दिन अगाडि उपसभामुखले पाँच जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न लेखेकको पत्र सार्वजनिक भएको थियो ।