सहकारीलाई व्यवसाय बनाएर दुरूपयोग गरियो : सभापति थापा

21

काठमाडौँ, १ साउन । सहकारी छानबिन संसदीय समितिका सभापति सूर्यबहादुर थापाले सहकारीको सिद्धान्तमा स्वनियमन भएपनि व्यवहारमा लागु हुन नसकेको बताउनुभएको छ ।

मंगलबार बसेको बैठकमा उहाँले सहकारीहरु नियमन हुन नसकेको हुनाले समस्याहरु देखा परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुख्य सहरबजार केन्द्रित सहकारीमा समस्या आएको देखिन्छ । यसमा पनि वित्तीय कारोबार गर्ने सहकारीमा बढी समस्या देखिएको छ । सहकारीको स्वनियमनको विश्वव्यापी अभ्यास हो । स्वनियमन असफल हुँदा समस्याहरु आउने गर्छ । सिद्धान्तमा स्वनियमन भएपनि व्यवहारमा नियमनमा नै समस्या देखिएको छ । यसबारे पनि छलफल भएको छ ।’

यसको साथै उहाँले सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरिएको हुनाले पनि समस्याहरु आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सहकारी आफैंमा व्यवसाय होइन तर यहाँ सहकारीलाई व्यवसाय बनाएर दुरूपयोग गरियो । यस विषयमा ज्ञान भएका व्यक्तिहरुसँग छलफल भएको छ र सुझावहरु पनि संकलन भएको छ ।’

बैठकमा सहकारी क्षेत्रमा आएको समस्यालाई अन्तर्राष्ट्रिय रुपमा कसरी समाधान गरिन्छ भन्ने बारेमा पूर्वमहालेखापरीक्षक तथा पूर्वरजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्वय गोपीनाथ मैनाली र डा.दामोदर रेग्मीसँग छलफल भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...