काठमाडौँ, ३० असार । कांग्रेस इतर समूहका नेता डा.शेखर कोइरालाले नयाँ सरकारमा पठाउने मन्त्रीहरुका विषयमा आफू निकटका नेताहरुसँग छलफल गर्नुभएको छ ।
आइतबार विशालनगरस्थित सचिवालयमा बसेको बैठकमा उहाँले पछिल्लो राजनीतिक अवस्था र समूहबाट सरकारमा सहभागी गराउने मन्त्रीहरूको टुंगो लगाउन छलफफ गर्नुभएको हो ।
बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, नेताहरु जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडु, डा.मिनेन्द्र रिजाल, र डा.चन्द्र भण्डारीलगायतको सहभागिता थियो ।
छलफलमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए । नयाँ सत्ता समीकरण भएसँगै मन्त्रीहरू टुंगो लगाउन दौडधुप जारी रहेको छ ।