प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- नदीमा खसेको बस र यात्रुहरूको अवस्था के छ ?

36

काठमाडौँ, २८ असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहट र पर्सा जिल्ला शोकमा डुबेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले देश नै स्तब्ध भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘काठमाडौँबाट रौतहट जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौँ हिँडेको बस नारायनगढ मुग्लिन सडक खण्डको सिमलटार नजिक बेपत्ता छ । त्यसले देशलाई स्तब्ध बनाएको छ । नदीमा खसेको बस र यात्रुहरूको अवस्था के छ म सरकारको जवाफ चाहन्छु ।’

साथै उहाँले ८ घन्टा बितिसक्दा पनि किन उद्धार हुन सकेन भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । राज्य र सरकार किन यति कमजोर भएको भन्दै उहाँले प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो , ’सरकार यति कमजोर भएकै हो र ? पहिरोमा खसेको बस पत्ता लगाउन सकिरहेको छैन, यात्रु पत्ता लगाउन सकिरहेको छैन, ८ घन्टा बितिसक्यो ।’

उहाँले घटनामा के भइरहेको छ सबै जानकारी देशबासीलाई दिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...