राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

104

काठमाडौँ, २७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । उहाँले नेपालका जनता मारेर राजनीतिक गर्नुपर्छ भन्ने जुन उहाँको पृष्ठभूमि छ त्यसको कारणले पनि भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौँ ।’

यस्तै, उहाँले मुलुकका युवाहरुलाई विदेश जान बाध्य पार्ने, देशको भौतिक संरचना ध्वस्त पार्ने र मुलुकलाई विश्वको सबैभन्दा गरिब देशमा पर्नेगरी अहिलेको प्रधानमन्त्रीको नेतृत्व भएको भन्दै प्रधानमन्त्री कुनै पनि हिसाबले राजनीतिज्ञ नै नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको अराजकताले लामो समयदेखि देशलाई यो अवस्थामा पुर्‍यायो । मुलुकका युवाहरुलाई विदेश जान बाध्य पार्ने र देशको भौतिक संरचना ध्वस्त पारेर मुलुकलाई विश्वको सबैभन्दा गरिब देशमा पर्नेगरी यसको मुख्य नेतृत्व नै अहिलेको प्रधानमन्त्रीले गरेको र प्रधानमन्त्री कुनैपनि हिसाबले राजनीतिज्ञ नै होइनन् ।’

Share This:
सम्बन्धित खबर
Loading...