प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

41

काठमाडौँ, २७ असार । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज आफ्ना सबै सांसदलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्रीले लिने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको हो ।

‘मिति २०८१ साल असार २८ गते शुक्रबारका दिन बिहान ११ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ।’ पार्टीका प्रमुख सचेतक रमेश लेखकद्वारा जारी ह्विपमा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...