खोला वरिपरि घर बनाउन सरकारले मापदण्ड बनाउनुपर्छः सांसद राणा

39

काठमाडौँ, २५ असार । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताउनुभएको हो ।

उहाँले बोल्दै भन्नुभयो, ‘नेपाल सरकारले कुन ठाउँमा बस्ती बसाउनलाई सुरक्षित हो। कुन ठाउँमा बस्ती बसाउनलाई सुरक्षित होइन भनेर भनिदिनुपर्छ । भूमि सुधार मन्त्रालय छ, तर मन्त्रालयले जहाँको पनि जग्गा किनबेच गर्न दिन्छ । मध्यवर्ती क्षेत्र जीवजन्तुको सुरक्षाको लागि राखेका छौँ । तर, मान्छेको सुरक्षाका लागि पनि खोलाको वरिवरि घर बनाउनु हुँदैन । कहाँसम्म बनाउने, कहाँसम्म नबनाउने भन्ने मापदण्ड हाम्रो देशले पनि तयार पारेर दिनुपर्छ ।’

उहाँले मानिसहरुले खोला वरिवरि घर बनाउँदा विपद्मा पर्ने गरेको भन्दै खोला वरिपरि कति दूरीसम्म घर बनाउन सकिन्छ भन्नेमा मापदण्ड नै बनाउनुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...