रास्वपा महामन्त्री ढकाल पदबाट बर्खास्त, साधारण सदस्य मात्र रहने

57

काठमाडौँ, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ ।

मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरी महामन्त्रीको जिम्मेवारी खोसेको हो ।

यसअघि महामन्त्रीबाट एक हप्ताका लागि निलम्बन गरिएका डा.ढकाललाई साधारण सदस्य मात्रै रहनेगरी मंगलबार बसेको केन्दीय समितिको बैठकले जिम्मेवारीबाट हटाएको हो । मुकुल यसअघि पार्टीमा महामन्त्री र प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

पार्टीको अनुशासन आयोगले उहाँलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरेको थियो । तर, केन्द्रीय समितिको निर्णय बमोजिम उहाँको साधारण सदस्यता भने नखोसिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...