आगामी सरकारलाई पनि बेचन झाहरुले चैन दिने छैनन् : सन्तोष परियार

25

काठमाडौँ, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी नबनाइएका बेचन झालाई वर्तमान सरकारले नियन्त्रणमा लिएपछि राजनीतिक चलखेल सुरु भएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सुशासन भ्रष्टाचारको विरुद्धमा लागेको सरकारलाई विश्वासको मत फिर्ता लिएर चलखेल सुरु भएको भन्दै आगामी सरकारलाई पनि बेचन झाहरुले चैन नदिने टिप्पणी गर्नुभयो ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिए पनि एक वर्ष अगाडि पेस गरिएको अभियोग पत्रमा प्रतिवादी नबनाइएका बेचन झालाई जब वर्तमान सरकारले नियन्त्रण लियो त्यसपछि राजनीति बेचैनीहरु सुरु भयो । जब सरकारले अभियोग पत्रमा प्रतिवादी नबनाइएका झालाई समात्यो तब राजनीतिक चलखेल सुरु हुन थाल्यो,’उहाँले भन्नुभयो,‘सुशासन भ्रष्टाचारको विरुद्धमा लागेको सरकारलाई विश्वासको मत फिर्ता लिएर आज जुन खालको चलखेल सुरु भएको छ । म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु । बेचन झाहरुको केसलाई अगाडि बढाइयोस् र आगामी सरकारलाई पनि बेचन झाहरुजस्ताले चैन दिने छैनन् ।’

Share This:
सम्बन्धित खबर
Loading...