प्रधानमन्त्रीले संविधानमा ‘प्वाँल’ पार्न खोज्नुभयो : सांसद गैरे

67

काठमाडौँ, २४ असार । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परिसक्दा पनि राजीनामा नदिएर संविधानमा ‘प्वाँल’ पार्न खोजेको आरोप लगाउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले सरकारले बहुमत गुमाएपछि कुनै धारा, उपधारा खोज्नुपर्ने कारण नरहेको भन्दै प्रधानमन्त्री एक मिनेट पनि बस्न नैतिक आधार नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आज देशमा यो तहको परिस्थिति बनिरहेको बेला प्रधानमन्त्रीज्यू धारापानी खोज्दै हुनुहुन्छ । संविधानमा प्वाँल खोज्दै हुनुहुन्छ । यसरकारलाई फेरि अस्थिरतातर्फ, बेथितितर्फ, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ र यहीँ सदनमा पनि अनेकन तर्क, विर्तकहरु गर्ने कोसिस गरिँदैछ । देशमा उत्पन्न भएका समस्या समाधान गर्नका लागि लोकतान्त्रिक शासन व्यवस्थामा सरकार अल्पमतमा परिसकेपछि, बहुमत गुमाएपछि कुनै धारा, उपधारा खोज्नुपर्ने कारण छैन प्रधानमन्त्री एक मिनेट पनि बस्ने नैतिक आधार रहँदैन ।’

उहाँले सरकार रोम जलिरहेको बेला राजा निरोले बाँसुरी बजाएर बसेको भनेजस्तै देशमा सरकार घोर अल्पमतमा परेको भन्दै व्यङ्ग्य गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...