२८ गतेपछि मात्र मन्त्रालयहरुको भागबण्डा हुन्छ : बर्तौला

51

काठमाडौँ, २३ असार । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले अबको सरकार आलोपालो गरेर चल्ने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठक सकिएपछि पत्रकारहरूले यो सरकार कसरी चल्छ भन्ने प्रश्नको जवाफ दिँदै सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो ।

उहाँले पहिले नेकपा (एमाले)को नेतृत्वमा सरकार बनाउने र त्यसपछि कांग्रेस सभापति र संसदीय दलका नेताको नेतृत्वमा सरकार बन्ने बताउनुभयो । साथै उहाँले अहिले कुन मन्त्रालय एमालेले सम्हाल्ने प्रारम्भिक कुरा अगाडि बढे पनि यथार्थ निर्णयमा नपुगेको स्पष्ट पार्नुभयो ।

उहाँले पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, ‘हामी अहिले आलोपालो गरेर सरकार चलाउने भनेर कांग्रेससँग सहकार्य गरेका हौँ । २८ गते सम्मानीय प्रधानमन्त्रीले राजीनामा दिएर सहज मार्ग प्रस्तुत गर्नुभयो भने हामी मन्त्रालयको भागबण्डा टुंगो लगाउँछौँ ।’ उ

उहाँ कति दलहरू नयाँ सरकारमा सहभागि हुन्छन् त्यसको आधारमा मात्र मन्त्रालयको भागबण्डा हुने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...