जिबी राई पक्राउ गरे गृहमन्त्रीलाई संसद्‌मै फुलमाला लगाउँछौँ : सांसद शाही

27

काठमाडौँ, २३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञान बहादुर शाहीले गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्र बाबु राईलाई पक्राउ गर्न माग गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले राईलाई पक्राउ गरेर ल्याए संसद्‌मै गृहमन्त्रीलाई आफूहरुले फुलमालाले स्वागत गर्ने बताउनुभयो ।

पुराना राजनीतिक दल र तिनका नेताहरुले देश बर्बाद पारे भन्दै जनमत पाएको भए पनि रास्वपा पनि उही बाटोमा हिँडेको शाहीको आरोप छ ।

उहाँले भन्नुभयो, ‘सभामुख महोदय, जात्रा हेरियो । पूरानाहरुले त गरे गरे, नयाँ साथीहरुलाई देख्दा थप अझै अचम्म लाग्छ मलाई । हामीलाई किन जिताएको जनताले ? ३३ वर्षदेखि पूराना नेताहरुले लुटे भनेर जनमत दिइएको हो । पद र प्रतिष्ठाका लागि हो जस्तो लाग्दैन । गृहमन्त्रीसँग केही माग्नु छैन । जिबी राई पक्राउ गरेर ल्याउनुस, यही संसद्‌मा फुलमालाले स्वागत गर्छौँ । निर्वाचित भएको ७२ घन्टाभित्र निर्मला पन्तका हत्यारा पक्राउ गर्छु भनेपछि जनताले मत दिएर जिताएका हुन् ।’

गृहमन्त्री फाइल खोल्छु भन्दै धम्क्याएर हिँडेको भन्दै बाँकी रहेको अवधिमा फाइल खोल्न चेतावनी दिनुभयो ।

‘आज सरकारमा गएको १२४ दिन भयो । सत्ता उहाँको हातमा छ । गृहमन्त्री हुनुहुन्छ । खै के भयो ? फाइल खोल्छु भन्दै धम्की दिँदै हिँड्नुभएको छ । अझै सात दिन बाँकी छ । फाइल खोल्नुस् न । हामी साथ दिन्छौँ,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...