गोदावरी नगरपालिका एक हप्ताका लागि बन्द

151

ललितपुर । गोदावरी नगरपालिका आउँदो आइतबारदेखि एक हप्ताका लागि बन्द हुने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले शुक्रबार सूचना जारी गर्दै नगरपालिकामा दिनानुदिन कोरोना संक्रमित सङ्ख्या उच्च दरले बढ्दै गइरहेकाले सो निर्णय गरिएको जानकारी दिए ।

उक्त सूचनामा नेपाल सरकारले अत्यावश्यक सेवा भनी राजपत्रमा प्रकाशन गरेका सेवा मात्र सञ्चालनमा रहने जानकारी दिइएको छ ।

यसैबीच गोदावरीमा आजसम्म कोरोना संक्रमितका कूल सङ्ख्या २ सय ८२, डिस्चार्ज भएका १ सय ४६, होम आइसोलेसनमा रहेका १ सय २१, अस्पतालमा उपचार भइरहेका ६, नगरपालिकाको बडिखेल आइसोलेसनमा ६ र संक्रमणबाट मृत्यु भएका तीन रहेको नगरपालिकाले जनाएको छ ।

यही असोज २० गते गोदावरीका नगर प्रमुख गजेन्द्र महर्जन पनि १६औं दिनमा कोरोना संक्रमणमुक्त भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...