गण्डकीमा १३९ संक्रमित थपिए, आठको मृत्यु

142

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् भने आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नम्बर ५ का ६६ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका वडा नम्बर ४ का ५१ वर्षीय पुरुष छन् ।

कास्कीको पोखरा महानगरपालिका, वडा नम्बर ८ का ५४ वर्षीय, वडा नम्बर ९ का ६८ वर्षीय, वडा नम्बर १३ का ५५ वर्षीय, वडा नम्बर १७ का २९ वर्षीय, वडा नम्बर २१ का ७५ वर्षीय र वडा नम्बर २७ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोराना संक्रमण भई मृत्यु हुनेको सङ्ख्या १ सय ३९ पुगेको छ । प्रदेशमा कूल संक्रमितको सङ्ख्या १० हजार ८ सय २७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्मले जानकारी दिए ।

प्रदेशमा हालसम्म छ हजार ७४ निको भएका छन् भने सक्रिय संक्रमितको सङ्ख्या चार हजार ६ सय १४ पुगेको निर्देशनालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...