पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

314

खाँदबारी, १९ जेठ । सङ्खुवासभाको पाँचखपन नगरपालिका-९ स्थित अधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सुरेन कुमार राईको १३ वर्षीय छोरा सुजल राई रहेका छन् । शुक्रबार दिउँसो घर छेउमा रहेको अधेरी खोलामा सुजल स्कुल बिदा भए पश्चात साथीहरुसँग पौडी खेल्न गएकोमा उनको डुबेर मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...