प्रदेश एकमा बिहीबार २१८ जना संक्रमित थपिए

174

विराटनगर । प्रदेश नम्बर १ मा पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल र होम आइसोलेसनबाट ५ सय ६० कोरोना संक्रमित निको भई घर फर्केका छन् । निको हुनेको सङ्ख्या अहिलेसम्म १९ हजार ७ सय ८७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेशमा सोही अवधिमा गरिएको ८ सय ३३ जनाको पिसिआर परीक्षणमा ९९ महिलासहित २ सय १८ संक्रमित थपिएका छन् । संक्रमितमा मोरङका ८६ मध्ये विराटनगरका ६८, सुनसरीका ५४, झापाका ४४, पाँचथरका ११, सङ्खुवासभाका चार, इलामका तीन, उदयपुरका दुई, धनकुटा र भोजपुरका एक÷एक र प्रदेश बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्म संक्रमितको सङख्या २४ हजार ७ सय ३४ पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ३ सय ६३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...