डा.अञ्जान शाक्य राष्ट्रियसभाका लागि सिफारिस

68

काठमाडौँ, ३० चैत । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा.अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष बैठकले सिफारिस गरेको जानकारी दिनुभयो ।

राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो । सोही रिक्त पदमा पूर्व राजदूत समेत रहनुभएकी शाक्य एमाले कोटामा सिफारिस हुनुभएको हो । ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा’ बोलको गीतमा स्वर समेत दिइसक्नुभएकी शाक्यलाई एमाले अध्यक्ष केपी ओलीले ‘साली’ भनेर सम्बोधन गर्ने गरेको निकटस्तहरु बताउने गर्छन् ।

सङ्खुवासभाकी उहाँ ओली पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । व्यवस्थापन विषयमा विद्यावारिधी गर्नुभएकी शाक्यले पद्मकन्या कलेजमा एक दशक प्राध्यापन समेत गर्नुभएको थियो । इजरायलका लागि राजदूत भइसक्नुभएकी उहाँ पूर्वसांसद अजयक्रान्ति शाक्यका पत्नी हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...