सम्पत्ति छानबिन गर्ने भए ‘संसदीय छानबिन समिति’पनि बनाऔँ : महामन्त्री शर्मा

14

काठमाडौँ, २७ चैत । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाइरहेको सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको स्वागत गर्नुभएको छ ।

मंगलबार सामाजिक सञ्जालमा भन्नुभएको छ,‘विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग रास्वपाले अहिले जो अघि सारेको छ, त्यो उपयुक्त छ । गठन गरौँ ।’

त्यस्तै, उहाँले सहकारी ठगीबारे ‘संसदीय छानबिन समिति’ गठन गरौँ पनि भन्नुभएको छ । रास्वपाको मागप्रति समर्थन गर्दै शर्माले छानबिन समितिका लागि दबाब बढाउनुभएको हो ।

नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले पनि सहकारीको रकम दुरुपयोग, हिनामिना र ठगी गर्ने कार्यमा सरकारमा वहाल रहेका मन्त्री समेत संलग्न रहेकाले संसदीय छानबिन समिति माग गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...