खाँदबारी, २७ चैत । सङ्खुवासभामा बुबाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सङ्खुवासभाको पाँचखपन नगरपालिका–२ गैरीगाउँ बस्ने २८ वर्षीय सुमन राईलाई बुबाको हत्या आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
५० वर्षीय बुबा युवराज राईसँग वादविवाद हुँदा छोरा सुमनले कुटपिट गरी गम्भीर घाइते भएका युवराजको सङखुवासभाको स्याबुन स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी थप उपचारको लागि जिल्ला अस्पताल खाँदबारीमा लगिएकामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त विषयमा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।