मार्क्सवाद अरू विचारभन्दा अग्रगामी छ : प्रदीप ज्ञवाली

41

काठमाडौँ, २६ चैत । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मार्क्सवाद अरू विचारभन्दा अग्रगामी रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित ‘ब्रम्हवाद, शून्यवाद र मार्क्सवाद’ पुस्तकको विमोचन कार्यक्रममा उहाँले मार्क्सवादी विचारले समाज बदल्नुपर्छ, व्यक्ति मात्रै राम्रो भएर वा एउटा शासक मात्र राम्रो भएर समाज परिवर्तन नहुने उल्लेख गरेको बताउनुभयो ।

पुस्तकका बारेमा चर्चा गर्दै नेता ज्ञवालीले तुल्सीलालले नेपाली समाजलाई धेरै नै गहिरो गरी प्रभाव पारेका चिन्तन धाराहरु जसरी संयोजन गरेर विश्लेषण गरिएको बताउनुभयो ।

‘विभिन्न धारामा प्रभावित भएका व्यक्तिहरुलाई पनि नेपाली समाजको सकारात्मक रुपान्तरणमा कसरी लगाउन सकिन्छ । भन्ने कुरालाई आन्दोलनसँग जोडेर पनि यो पुस्तकमा उल्लेख गरिएको छ,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...