स्वास्थ्य बिमाबारे प्रधानमन्त्रीलाई बुझाउनै सकिएन : गगन थापा

40

काठमाडौँ, २४ चैत । नेपाली कांग्रेका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रुपमा व्यवहारमा लागु हुन नसकेको गुनासो गर्नुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उहाँले संविधानमा स्वास्थ्यलाई मौलिक हक भनेर लेखिएता पनि व्यवहारमा भने लागु हुन नसकेको गुनसो गर्नुभयो ।

उहाँले भन्नुभयो,‘संविधानमा हामीले स्वास्थ्य मौलिक हक हो भनेर लेख्न त सक्यौँ । तर, संविधानमा लेख्न जति सजिलो भयो त्यसलाई व्यवहारमा प्राप्त गर्ने कुरा त्यति नै कठिन भयो ।’

उहाँले गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन नपारोस् भनेर स्वास्थ्य बिमा अगाडि सारेको बताउनुभयो । तर, स्वास्थ्य बिमाको अवधारणा नै बुझाउन नसकिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन परेको तथ्यहरुले बताउँछ । यही कुरालाई सम्बोधन गर्नका लागि हामीले स्वास्थ्य बिमा अगाडि सारेको हो । तर, स्वास्थ्य बिमाको अवधारणा नै नेपालमा बुझाउन सकिएन प्रधानमन्त्रीलाई पनि बुझाउन सकिएन । नीति निर्मातालाई पनि बुझाउन सकिएन ।’

परिवर्तन अभियान नेपालको आयोजना र एसियन मेडिकल स्टुडेन्ट एसोसिएसन नेपालको सहकार्यमा भएका कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ सभापति सबुज बानियाँले स्वास्थ्य क्षेत्रमा राज्य संवेदनशील बन्नुपर्ने धारणा राख्नुभयो । स्वास्थ्य शिविरको अगुवाइ गरेका कांग्रेस युवा नेता शुशील भट्टले संविधानले नै व्यवस्था गरेको स्वास्थ्य अधिकारलाई राज्यबाट नै दुरुपयोग भएको गुनासो गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...