‘न्यायपालिकाले भागबन्डाको आधारमा निर्णय गर्नु दु:खद्’

19

काठमाडौँ, १८ चैत । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा भइरहेको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा भइरहेका भन्दै भागबन्डाको आधारमा निर्णय गर्ने कुरा दुखद् कुरा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा भइरहेको छ । भागबन्डामा नियुक्ति हुनु एउटा कुरा हो तर भागबन्डाको आधारमा निर्णय गर्ने कुरा दु:खद् कुरा हो । यसले न्यायपालिको छविलाई माथि पुर्‍याउँदैन । र देशको न्याय प्रणालीमाथि नै प्रश्न उठाउँछ ।’

उहाँले वर्षौँदेखि भ्रष्टाचारको मुद्दा, देशको राजस्वसँग जोडिएको विषयलाई न्यायपालिकाले वर्षैँसम्म पेसी नदिनुमा राजनीतिक प्रभाव रहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो,‘वर्षौँदेखि भ्रष्टाचारको मुद्दा हुन्छ । देशको राजस्वसँग जोडिएको विषय हुन्छ । त्यसलाई न्यायपालिकाले वर्षैँसम्म पेसी नदिने । त्यसमा राजनीतिक प्रभाव छ । विगतमा पनि न्यायापालिका बद्नाम थियो अहिले पनि यस्तै रह्यो भने देशमा विश्वासको खडेरी परिरहेको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...