मन्त्रलायमा बजेट कम भएको मन्त्री चौधरीको गुनासो

30

काठमाडौँ, १६ चैत । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले देशको ७० प्रतिशत जनसङ्ख्या ओगटेको मन्त्रालयमा बजेट भने एकदमै न्यून रहेको गुनासो गर्नुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित ‘लैंगिक समानताका लागि घन्टी बजाउनुहोस्’ कार्यक्रममा उहाँले देशको ७० प्रतिशत जनसङ्ख्या ओगटेको र महिला, बालबालिका जेष्ठ नागरिकसँग जोडिएको संवेदनशील मन्त्रालयमा बजेट बढाउन आवश्यक रहेको बताउनुभयो ।

उहहाँले भन्नुभयो, ‘यो वर्षको बजेट त धेरै नै न्यून छ । महिला, बालबालिका जेष्ठ नागरिकसँग जोडिएको संवेदनशील मन्त्रालय भएको नाताले भन्नुपर्दा ७० प्रतिशत जनसङ्ख्या ओगटेको मन्त्रालय भएको हुँदा पनि बजेटको आधारमा धेरै नै न्यून छ । त्यसैले मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि भनेको थिएँ । यसलाई महिलाको अवस्थालाई बटममा सर्भिस डेलिभरी गर्नको लागि यो मन्त्रालयको बजेटले पनि भ्याउँदैन । र संरचना पनि छैन ।’

उहाँले महिलाको क्षेत्रमा छुट्याएको बजेट पनि अन्यत्र प्रयोग हुने गरेको भन्दै महिलाको लगानीमा भनेर आएको बजेट भनेपछि महिलामा नै लगानी हुनुपर्नेमा जोड दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...