माओवादी पदाधिकारीको बैठक बालुवाटारमा जारी

15

काठमाडौँ, १४ चैत । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल गर्न केहीबेर अघि बैठक सुरु भएको माआवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

इलाम–२ को उपनिर्वाचनमा सत्ता साझेदार दल नेकपा (एमाले)ले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ ।

यसैबीच माओवादी केन्द्रले पनि पदाधिकारी बैठकमार्फत् आफ्नै उम्मेद्वार टुंग्याउने तयारी गरेको आकंलन गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...