नीति तथा कार्यक्रम र बजेट निर्माणमा तीनै तहको धारणा समेट्छौँ : मन्त्री श्रेष्ठ

50

काठमाडौँ, १० चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तीन तहकै धारणालाई समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा जुटेको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभा अन्तरर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकसम्बन्धी छलफलमा उहाँले अब आउने नीति तथा कार्यक्रम शिक्षा संघहरुले नभएर स्थानीय तहले डेलिभरी गर्ने भएकाले स्थानीय तहको धारणालाई समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा जुटेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘प्रदेश र स्थानीय तहसँग कुराकानी थालेको छौँ । अब आउने नीति तथा कार्यक्रम देशका शिक्षा सम्बन्धी संघहरुले डेलिभरी गर्ने होइन । स्थानीय तहले गर्ने हो । त्यसैले उहाँहरुको रिपोर्ट र धारणालाई पनि समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा राख्छौँ ।’

उहाँले आफू सधैँ सदन र समिति पूर्ण रुपमा जवाफदेही हुने किसिमले प्रस्तुत हुने प्रतिबद्धता जनाउँदै भन्नुभयो,‘प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नहरुको लिस्ट बनाएर त्यसको एउटा समय नै लिएर सदन र समिति पूर्ण रुपमा जवाफदेही हुने किसिमले प्रस्तुत हुन्छु ।’

Share This:
सम्बन्धित खबर
Loading...