राजनीतिमा इच्छा थिएन, मगर भएकै कारण उपसभामुख भएँ : उपसभामुख राना

46

काठमाडौँ, १० चैत । उपसभामुख इन्दिरा राना मगरले आफू मगर भएको कारणले मात्र उपसभामुख हुन पाउने अवसर प्राप्त गरेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय मगर सेमिनारमा बोल्नुहुँदै उहाँले राजनीति आफ्नो रुचीको विषय नभएकाले कुनै पार्टीको सदस्यतासमेत नलिएको आफूले मगरको छोरी भएकै कारण त्यसको कोटा पाएर उपसभामुख हुने अवसर प्राप्त भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘म राजनीति नै मन नपराउने मान्छे । आज देशको उपसभामुख भएकी छु । त्यो वास्तवमा मगर भएकै कारणले गर्दा हो । राजनीतिमा म कुनै पार्टीको सदस्य पनि थिइन । म राजनीतिमा आए त्यो मगरको छोरी भएकै कारण कोटामा मैले मौका पाएकी छु । देशलाई बुझ्ने मौका पाएकी छु ।’

उहाँले धेरैजसो वीर गोर्खाली मगर जाति नै हुने गरेको भन्दै विश्वमा नै मगर जाति सरल, इमान्दारी र सोझा भनेर चिनिने गरेकोले त्यो मगर जातिको ब्राण्डिङ रहेको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...