अनुसन्धानबाट कैफियत देखिएमा कसैलेपनि उन्मुक्ति पाउँदैन : प्रधानमन्त्री प्रचण्ड

31

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उहाँले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।’

सुशासनको संकल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठुलाठुला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै उहाँले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...