गृहमन्त्रीसहित सूर्यदर्शन सहकारी सञ्चालकहरुमाथि छानबिन होस् : गगन थापा [भिडिओ]

55

काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको आर्थिक अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोलेका कांग्रेस महामन्त्री गगनकुमार थापाले गृहमन्त्रीसहित सहकारी सञ्चालकमाथि निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गर्नुभयो । महामन्त्री थापाले सहकारीमा हजारौँ नागरिकले जम्मा गरेको अर्बौं पैसा अपचलन गर्ने सञ्चालकलाई कानुनी कारबाही गर्न ढिला गर्न नहुने बताउनुभयो ।

उहाँले जिबी राईले सञ्चालन गरेको ग्यालेक्सी टिभीमा गृहमन्त्री सहभागी भएको र एक करोड रुपैयाँ लामिछानेले सहकारीबाट निकालेको दृष्टान्त सुनाउँदै सहकारीको अपचलन गरेको व्यक्ति नै गृहमन्त्री बनेपछि सहकारी सूर्यदर्शन, साहारालगायतका पीडितले न्याय नपाउने शंका लागेको बताउनुभयो ।

उनहाँ हजारौँ नागरिकको अर्बौँ रुपैयाँ अपचलन गर्नेलाई सरकारले निष्पक्ष अनुसन्धान गर्छ कि गर्दैन भन्दै प्रश्न गर्नुभयो ।

‘जिबी राईलगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल पुर्याइएको छ । यो समूहले हजारौँ नागरिकको अर्बौँ रुपैयाँ अपचलन गरेको छ । त्यसमध्येको सबैभन्दा धेरै ठुलो पैसा गोर्खा मिडिया, ग्यालेक्सी टेलिभिजनमा गएको छ । मैले थाहा पाएसम्म अरु थुप्रै शक्तिशाली नेताहरुको पनि नाम आउँछ । यसलाई राम्रोसँग अनुसन्धान गर्न जरुरी छ ।’

प्रहरीले गरेको अनुसन्धानबारे तत्कालीन प्रतिपक्षले अडान लिएर आयोग गठन नगरेको भए सुन प्रकरणमा ठुला नेता उम्काइने खेल भएको जस्तै सहकारी प्रकरणमा पनि आरोप लागेकै व्यक्ति गृहको नेतृत्वमा रहेकाले निष्पक्ष छानबिन र कारबाही हुनेमा कांग्रेस विश्वस्त नरहेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीलाई अनुसन्धानबारे प्रश्न गर्दै भन्नुभयो, ‘सहकारी ठगी प्रकरण अनुसन्धानको विषय बन्छ कि बन्दैन ? हाम्रो प्रधानमन्त्रीलाई प्रश्न यही हो ।’ उहाँले थप्नुभयो, ‘हाम्रो प्रश्नको अनुसन्धान कसले गर्छ ?’
कांग्रेसले सुन प्रकरणमा एमालेकै कारण आयोगको गठन भएको भन्दै एमालेले प्रतिपक्षमा बसेर खेलेको भूमिकाको गगनले प्रशंशा गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...