माओवादी र नेपाल समाजवादी महिन्द्र राय पक्षबीच पार्टी एकताको सहमति

71

काठमाडौँ, ३ चैत । नेकपा (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने चार बुँदे सहमति भएको छ ।

शनिबार माआवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवबीच पार्टी एकता गर्ने चार बुँदे सहमति भएको हो ।

सहमति पत्रमा माओवादीका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र समाजवादीबाट पनि महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित बनेपछि यादवको समूह माओवादी केन्द्रसँग समाहित भएको हो ।

सहमतिमा एकीकृत पार्टीको नयाँ नाम आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णयसँगै पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ ।

यी हुन् दुई पार्टीका बीचमा भएको पार्टी एकता गर्ने चार बुँदे सहमति
१) बैठकमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क.पुष्पकमल दाहाल ’प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष क.नारायणकाजी श्रेष्ठ र महासचिव क.देवप्रसाद गुरूङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी हुनुहुन्थ्यो ।
२) बैठकले दुवै पार्टीका बीचमा पार्टी एकता गर्ने सहमति गरेको छ ।
३) एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ ।
४) पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...