घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

38

काठमाडौँ, २ चैत । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको छ । बिहीबार तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ ४ सयले घटेर शुक्रबार प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । हिजो तेजावी सुन तोलामा १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी आज प्रतितोला ५० रुपैयाँ बढेर १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...