उदयपुर, १ चैत । उदयपुरको बेलकामा आज भएको बोलेरो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । मृतकहरुको पहिचान खुलेको छैन ।
बेलका नगरपालिका–७, मा रहेको कच्ची सडकबाट भिरमा गाडी खसेको जनाइएको छ । भोजपुरको घोडेटारबाट यात्रुसहित धरान आउँदै गरेको गाडी दुर्घटनामा परेको हो ।
कच्ची सडक रहेको उक्त स्थानको भिरबाट गाडी तीन सय मिटरभन्दा तल खसेको प्रहरीले अनुमान गरेको छ ।
भोजपुरबाट प्रहरी टोली घटनास्थल गएर स्थलगत रुपमा बुझ्ने काम भइरहेको जनाउँदै घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।