प्रधानमन्त्री खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस् : सांसद खतिवडा

47

काठमाडौँ, २४ फागुन । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काँध नफेरेर खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस् भन्दै व्यङ्ग्य गर्नुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएको र अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर मिलोस् भन्दै प्रधानमन्त्री प्रचण्डलाई काँध नफेरेर खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस् भन्दै व्यङ्ग्य गर्नुभएको हो ।

उहाँले भन्नुभयो,‘उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएकै छ अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर मिलोस् । अहिले काँध फेर्ने कुरा आएको छ । काँध नफेरेर प्रधानमन्त्रीज्यू खुट्टा फेरिरहन तयार हुनुन्छ भने । फेरिरहनुहोस् यसमा पनि शुभकामना ।’

उहाँले प्रतिनिधिसभामा हराएको प्रधानमन्त्री भेटिएको भन्दै अब सरकारलाई जनताले पनि भेटेर सहकारी पीडितहरुले, सरकारी ठगहरुले, मिटरब्याजी पीडितले न्याय पाउन भन्ने शुभकामना दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...