सरकारलाई कमजोर र असफल हुने छुट छैन : महेश बर्तौला

24

काठमाडौँ, २४ फागुन । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको सरकारलाई कमजोर र असफल हुने छुट नभएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा उहाँले सदनमा आसनहरु परिवर्तन भएपनि भूमिका र जवाफदेहीता नफेरिएको भन्दै सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा आसनहरु परिवर्तन भएका छन्, भूमिकाहरु परिवर्तन भएका छन् तर जवाफदेहीता हाम्रो फेरिएको छैन् । जनताप्रतिको कर्तव्यमा परिवर्तन भएको छैन् । त्यसकारण यो सरकारले देश र जनतालाई केन्द्रमा राख्नुपर्छ । विकास, समृद्धि, सुशासन र सामाजिक न्यायलाई लक्ष्य बनाएर काम गर्नुपर्छ । यो सरकालाई कमजोर हुने, असफल हुने छुट छैन् । जनताको हितमा काम गर्ने सामर्थ्य राख्नुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...