माधव नेपाल निवास पुग्नुभयो देउवा

13

काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उहाँको निवासमा पुग्नुभएको छ ।

सत्ता गठबन्धनमा सामेल हुने वा नहुने भन्ने विषयमा पार्टीभित्र छलफल गरिरहेका नेपालसँग अप्रत्यासितरुपमा प्रतिपक्षी कित्तामा पुगेको कांग्रेस सभापति देउवाले भेट गर्न लाग्नुभएको हो । देउवा केहीबेर अघि मात्रै कोटेश्वरस्थित नेपालको निवासमा पुगेको श्रोतले जनाएको छ ।

अध्यक्ष नेपाललाई मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पनि घरमै पुगेर नयाँ गठबन्धनमा सामेल हुन आग्रह गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...