‘कांग्रेस अब सशक्त प्रतिपक्षीको भूमिकामा’

36

काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको गठबन्धन फेरबदलको निर्णयले अस्थिरता र अन्योललाई बढावा दिने टिप्पणी गर्नुभएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै उहाँले कांग्रेसले अब सशक्त प्रतिपक्षीको भूमिका खेल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री प्रचण्डको गठबन्धन फेरबदल गर्ने निर्णयले थप अस्थिरता र अन्योललाई बढावा दिएको छ । अब हामी सशक्त प्रतिपक्षीको भूमिका खेल्छौं । आम जनता र पार्टी पंक्तिलाई दृढताका साथ उभिने र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँछौँ ।’

प्रधानमन्त्री दाहालले गठबन्धन फेर्नुको मुख्य कारण कांग्रेसका मन्त्रीहरुको कार्यसम्पादनलाई देखाएको भन्दै महतले त्यसमा कुनै सत्यता नरहेको उललेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जसरी गठबन्धन बस्न सकिँदैन भनेर बुँदाहरु अघि सार्नुभएको छ, त्यो सबै कपोलकल्पित हो । त्यसमा कुनै आधार छैन । यो गठबन्धन जारी रहन्छ भन्दै भित्रभित्रै छल गर्नुभयो । त्यसको चाहिँ कारण होला । तर हामी कारण होइन । नेपाली कांग्रेस र हामी कोही पनि मन्त्री कुनै पनि आधारमा कारण होइन । यो बहाना मात्रै हो । कपोलकल्पित हो । यसमा कुनै सत्यता छैन ।’

Share This:
सम्बन्धित खबर
Loading...