चार मन्त्रालय पाउनुपर्ने रास्वपाको दाबी

74

काठमाडौँ, २२ फागुन । नयाँ सत्ता समीकरण बनेसँगै दलहरुबीच शक्ति बाँडफाँडको सकस सुरू भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा थप दलहरुलाई जोड्न र मन्त्रिपरिषद् विस्तार गर्न छलफल थाल्नुभएको छ । गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँडटको बहस सुरु भएको छ । गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चार वटा मन्त्रालय दाबी गरेको छ ।

रास्वपाकाबाट उपसभापति डोलप्रसाद अर्याल सोमबारै बिना विभागीय मन्त्री बनिसक्नुभएको छ । अब रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालय लिएर जाने अडानमा हुनुहुन्छ ।

‘शीर्ष नेताहरुबीच कुरा भइसकेको छ । उपप्रधानसहित गृहमा सभापति आफैँ जानुहुन्छ,’ रास्वपाका एक सांसदले भन्नुभयो, ‘अहिले उहाँ सरकारमा नजाने भन्ने छैन ।’

ती सांसदका अनुसार रास्वपाले चार वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । ‘यही मन्त्रालय भन्ने छैन । गृहमा हाम्रो बलियो दाबी हो । बाँकी जुन मन्त्रालय भएपनि हुन्छ, तर चार वटा हुनुपर्छ भन्ने छ,’ ती सांसदले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...