काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ गठबन्धन बनेको सन्देश सुनाउन राष्ट्रपति निवास जान लाग्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग समय लिएर प्रधानमन्त्री प्रचण्ड शीतल निवास आउन लागेको त्यहाँ सम्बद्ध सूत्रले जनाएको छ ।
नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायतसँगको सत्ता गठबन्धन समाप्त गर्दै नेकपा (एमाले)सहितका अन्य दलसँग नयाँ गठबन्धन गरेर आफैँ प्रधानमन्त्री बन्दै गरेका दाहालले नयाँ रारजनीतिक परिस्थितिको विकसित अवस्थाबारे पनि राष्ट्रपति पौडेललाई अवगत गराउनुहुने भएको छ ।