कम्युनिस्ट एकताका लागि आजैदेखि थप पहल गरेको छु : प्रधानमन्त्री प्रचण्ड

41

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाएर नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)सँग सत्ता सहकार्य गर्ने स्पस्ट पार्नुभएको छ ।

सोमबार सुखानी सहिदका परिवारसँग भेट गरेका उहाँले आफूले कम्युनिस्ट एकताको लागि थप पहल आजैबाट सुरु गरेको बताउनुभयो ।

माओवादीले कम्युनिस्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ । आज सप्ताहको अन्तिम दिन दाहालले जनयुद्धमा मारिएका सहिद परिवारका सदस्यहरुसँग भेट गर्नुभएको थियो।

तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा हत्या गरेको थियो ।

सहिद परिवारका सदस्यहरु विशेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायतसँगको भेटमा प्रधानमन्त्री दाहालले सहिदप्रति उच्च सम्मान छ रहेको उल्लेख गर्दै भन्नुभयो, ‘आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरेका छौँ ,’ दाहाल सचिवालयले जनाएको छ ।

फागुन २१ गते अर्थात् आज सुखानी हत्याकाण्ड भएको ५१ वर्ष पूरा भएको दिन हो । सुखानीको जंगलमा मारिएका पाँच जना ‘कम्युनिस्ट क्रान्तिकारी’हरुको स्मरणमा एक साता सहिद सप्ताह मनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...