एमाले, माओवादी र रास्वपासहितको नयाँ सरकार बन्ने, आजै सानो आकारको मन्त्रिपरिषद्

104

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससहित दलहरूसँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउन तयार हुनुभएको छ ।

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित नेताहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले नयाँ ढंगबाट छलफल गरेर अघि बढ्न प्रस्ताव गर्नुभएको थियो ।

सोमबार बिहान एमाले, माओवादी केन्द्र र रास्वपाले छुट्टाछुट्टै छलफलपछि नयाँ गठबन्धन बन्ने निश्चित भएको हो । नेताहरूले आजै नयाँ सरकार गठन हुने र सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने जनाएका छन् ।

एमाले सचिवालय बैठकपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो । ‘आजै सरकार परितर्वन र नयाँ मन्त्रिपरिषद् बन्दैछ । सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ,’ उहाँले लेख्नुभएको छ ।

अलग-अलग बैठकपछि अहिले एमाले र माओवादी केन्द्रका नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...