जिप दुर्घटना : एकको मृत्यु, १५ को उपचार जारी [अपडेट]

18

विराटनगर, २१ फागुन । धनकुटाको पाख्रिबासमा आइतबार अपराह्न भएको दुर्घटनामा घाइते भएकी एक बालिकाको मृत्यु भएको छ ।

पाख्रिबास नगरपालिका–१० चुङमाङमा भएको दुर्घटनामा सिकिस्त घाइते बनेकी सहिदभूमि गाउँपालिका–५ की ९ वर्षीया संस्कृति राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको उपचारका क्रममा धनकुटा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा १६ जना घाइते भएका थिए । तीमध्ये चार जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्यको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

धनकुटाको हिले बजारबाट चुङमाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

पिकअपका चालक राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...