धरानमा सुम्निमा पारुहाङ मूर्ति अनावरण

30

धरान, २२ माघ । धरान उपमहानगरपालिका–१७ साकेला सांस्कृतिक पार्कमा सुम्निमा पारुहाङको मूर्ति अनावरण गरिएको छ । सुनसरी जिल्लामा पहिलोपटक सबैभन्दा अग्लो सुम्निमा पारुहाङको मूर्ति निर्माण गरिएको हो ।

धरान–१८ निवासी कृष्णदेव राई र दया राईले २५ लाखको लागतमा मूर्ति निर्माण गरेका हुन् । उक्त मूर्तिको उद्घाटन धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्रविक्रम बेघाले गरे।

किरातीहरुको आदिम पुर्खा सुम्निमा पारुहाङको १२ फिट अग्लो मूर्ति सुनसरीमै पहिलोपटक निर्माण गरिएको यायोक्खाका अध्यक्ष राजेन्द्र राईले बताए । धरानका नगरप्रमुख हर्कराज राई साम्पाङको नेतृत्वमा धरान–२० चिन्डेडाँडा क्षेत्रमा पनि किरात राई समुदायका देउता सुम्निमा पारुहाङको प्रतिमा निर्माण गरिने भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...