राष्ट्रिय सभामा निर्वाचन : एमालेले टुंग्यायो १९ उम्मेदवार

62

काठमाडौँ, २२ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रियसभा निर्वाचनका लागि १९ सिटमा उम्मेदवारको नाम टुंग्याएको छ । साथै उक्त पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

एमालेले आज जारी गरेको विज्ञप्तिअनुसार कोशी प्रदेशबाट सुनसरीकी रुक्मिणी चौधरी र भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाइएको छ । मधेस प्रदेशबाट पर्साकी उषादेवी थरूनी र महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बनाएको छ । बागमती प्रदेशबाट दोलखाकी रोचकुमारी चौलागाईं, चितवनका त्रिलोचन निर्मल पौडेल, काठमाडौँका विवेक देवकोटा र धादिङका धु्रवराज विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा गोरखाकी सम्झना देवकोटा, स्याङ्जाका चक्रबहादुर पराजुली र मुस्ताङका हेमचन्द्र शेरचनलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालले जनाएको छ ।

सो पार्टीले लुम्बिनी प्रदेशमा दाङकी तुलसाकुमारी केसी र पाल्पाका झपेन्द्रबहादु घर्ती, कर्णाली प्रदेशमा हुम्लाकी विमलाकुमारी शाही, मुगुका डिल्लीप्रसाद भट्ट र दैलेखका हिक्मत विक उम्मेदवार बनाएको छ । सुदूरपश्चिम प्रदेशमा कैलालीकी सावित्रादेवी घिमिरे, कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र कैलालीका रामचन्द्र जोशी उम्मेदवार बनाएको एमालेले जनाएको छ ।

राष्ट्रियसभामा आगामी माघ ११ गते हुने निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...