नवलपरासी, २६ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अस्तित्व रहँदासम्म बुद्ध दर्शन जीवित रहने बताएका छन् ।
विश्वशान्तिको कामना गर्दै पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आज आयोजित विशेष कार्यक्रममा उनले विश्वशान्ति आजको आवश्यकता रहेको बताउँदै हामी यो सन्देश विश्वभर फैलाउन सफल भएको उल्लेख गरे ।
भगवान गौतमबुद्धले दिएको उपदेशको आवश्यकता र औचित्य अहिले थप पुष्टि भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले त्यस अवसरमा रामग्राम स्तुप विकासको गुरूयोजना कार्यान्वयनको प्रतिबद्धतासमेत व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले रामग्राम स्तुप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दुरदर्शी काम गर्ने बताए ।