दुबई पठाइदिन्छु भनी २ लाख ठगी गर्ने व्यक्ति पक्राउ

59

काठमाडौँ, २६ मङ्सिर । वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (दुबई) पठाइदिन्छु भनी करिब २ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा चौबिसे गाउँपालिका–१ स्थायी घर भइ हाल काठमाडौँ बाफल बस्ने ३४ वर्षीय लक्ष्मण श्रेष्ठ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका लक्ष्मण श्रेष्ठले विवेक पाटकलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक ५० हजार तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी जम्मा १ लाख ९५ हजार रूपैयाँ रकम लिइ सम्पर्कविहीन भइ ठगी गरेको उजुरीका आधारमा आइतबार काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...