ठुला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री प्रचण्ड

45

काठमाडौँ, २२ मङ्सिर । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठुला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाइँलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताएका छन् ।

माओवादी केन्द्र तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यकममा उनले भ्रष्टाचार विरोधी र सुशासन प्रवर्द्धनको अभियान यो सरकार नरोकिएको बताए । “सरकारको शुसानको पक्ष र भ्रष्टाचारका विरूद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन,” उनले भने, “भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाइँलाई अर्को चरणमा उठाउने तयारीमा छौँ ।”

नले भ्रष्टाचारविरूद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । “नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पुर्‍याइएको छ । नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरूद्धको अभियान कहिल्यै पनि चलेको थिएन,” उनले भने,“पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ।”

मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उल्लेख गर्दै उनले सामाजिक न्याय र सुशासनका क्षेत्रमा धेरै काम भएको जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...