बैठकभत्ताबाट बालबालिकालाई पोसाक

31

टक्सार, ९ मंसिर । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जनालाई विद्यालय पोसाक प्रदान गरेकी छन् ।

उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्नुका साथै त्यहाँका शिक्षकशिक्षिका, विद्यालयको अक्षयकोषका दाता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीलाई सम्मान गरेकी छन् ।

बालबालिकालाई नियमितरूपमा विद्यालय जान प्रेरित गर्न तथा विद्यालयको श्रीवृद्धिमा योगदान गरेकाहरूको कदरस्वरूप उनीहरूलाई सम्मान गरेको उपप्रमुख शेर्पाले बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...