बर्दियामा आगलागी हुँदा ४ जनाको मृत्यु

28

बर्दिया, ९ मंसिर । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षीय कृष चन्द, १० वर्षीय मानसिं बुढा र ३२ वर्षीया राधा बुढाको मृत्यु भएको हो ।

आगोले पोलेर घाइते भएकी २८ वर्षीया करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...